Logo

प्रधानमन्त्री ओलीले साना दलका नेताहरूसँग छलफल गर्दै



काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलसँग छलफल गर्ने भएका छन् । यही साउन ६ गते संसद्मा विश्वासको मत लिनेगरि संसद् सचिवालयसँग परामर्शमा रहेका प्रधानमन्त्री ओलीले दुई तिहाईको समर्थन जुटाउनको लागि पनि साना दलसँग छलफल गर्न लागेका हुन् ।

उनले पहिलो चरणमा जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र दोस्रो चरणमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गर्न लागेका छन् । दुवै दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेगरि मन बनाएका छन् । तर, मन्त्रिपरिषद् गठन गर्दा दुवै दल केन्द्रीय सरकारमा समेटिएका छैनन् ।

दुवै दल अहिलेपनि पर्ख र हेरको अवस्थमा छन् । तर, सिके राउतले मधेश प्रदेशको नेतृत्व आफ्नो दलले गरेकोले विश्वासको मत दिएर कांग्रेस–एमालेसँगको सहकार्यलाई निरन्तरता दिन खोजेका छन् । उता, उपेन्द्र यादवले भने अहिले कुनै निश्कर्ष निकालेका छैनन् ।

प्रधानमन्त्रीको जिम्मेवारीमा हुँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल विभाजन गरेकोले तत्काल विपक्षी कित्तामा नउभिने उनको तयारी छ । तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि दिईहाल्ने उनको कुनै योजना नभएको उनीनिकट नेताहरुको दाबी छ ।

प्रधानमन्त्री ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगपनि निरन्तर छलफल गरिरहेका छन् । राप्रपाले प्रधानमन्त्री ओलीसँग संविधान संशोधनको मुद्दामा सहकार्य गर्ने भएकोले विश्वासको मत दिएर सहकार्यको लागि विश्वास जगाईराख्ने भएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्