Logo

पशुपतिस्थित गुरु-दक्षिणामूर्तीको मन्दिरमा यसरी मनाईयो गुरु पूर्णिमा (तस्विरहरु)



काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

यसैबीच गुरु पूर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिरको पश्चिम गेट निकटमा रहेको गुरुदक्षिणामूर्तीको मन्दिरमा गुरु पूर्णिमा मनाईएको छ ।

गुरुदक्षिणामूर्तीको मन्दिरलाई पशुपतिनाथको पनि गुरु मानिन्छ । देवादीदेव महादेवका पनि गुरुमानिने यो मन्दिरको ढोका आज गुरु पुर्णिामाको दिनमात्र खोलिन्छ । आज यो मन्दिरमा ठूलो भिड लागेको छ ।

तस्बिर सबै: मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्