Logo

सांसद महतोको सचिवालयको स्पष्टीकरण सार्वजनिक



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोको सचिवालयले सांसद महतोले आज सदनमा बोलेको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सार्वजनिक गरेको छ । सांसद महतोको सचिवालय सदस्य रुकेश साहले सार्वजनिक गरेको स्पष्टीकरणमा सांसद महतोले देशमा व्याप्त भ्रष्टाचारको विषयमा बोल्दा विचौलियाले घुस मागेको विषय बोल्दा घुस नै दिएको भनेर बोलेको तर घुस नदिएको लेखिएको छ ।

माननीय डा. वीरेन्द्र प्रसाद महतोले आज सम्मानित सदनमा बोलेको विषयमा आएको समाचारलाई लिएर सचिवालयको स्पष्टीकरण :

माननीय डा.वीरेन्द्र प्रसाद महतोले आज सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको आफूमाथिको विश्वासको प्रस्तावमाथिको छलफलमा दलगत आधारमा भाग लिने क्रममा राख्नुभएको आफ्नो धारणाको क्रममा देशमा तलदेखि माथिसम्म भ्रष्टाचार र बेथितिले जरा गाडेको विषयमा बोल्ने क्रममा दिएको एउटा अभिव्यक्ति विवादमा तानिएको छ । उहाँले असल नियतका साथ देशका सरकारी निकायमा विचौलिया हाबी भएको दृष्टान्त पेश गर्ने क्रममा आफूले नै घुस दिएको भनेर बोल्न पुग्नुभयो । उहाँले विचौलियाले मागेको विषय व्याख्या गर्ने क्रममा पैसा नै दिएको भनेर आवेगमा बोल्नुभयो । तर, उहाँले कसैलाई घुस नदिएको स्पष्ट पार्न चाहन्छु । उहाँले असल नियतका साथ जताततै विचौलिया हाबी भएको विषय उठाउने क्रममा हतारमा घुस नै दिएको भनेर बोल्न पुग्नुभएको हो । त्यो अभिव्यक्ति सच्याईएको कुरा यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

रुकेश साह
सचिवालय सदस्य



प्रतिक्रिया दिनुहोस्