Logo

सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने




काठमाडौँ, १० साउन । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिए।

पुरस्कारका लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि–अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने निर्णय भएको उनले बताए ।

यसैगरी, सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार विद्याप्रसाद घिमिरे र सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार रामचन्द्र दाहाललाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक गोपी मैनाली र सदस्यद्वयमा ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेल थिए । साउनको तेस्रो शनिबार १९ गते प्रतिष्ठानको सोह्रौँ साधारण–सभाका दिन चारै जना स्रष्टालाई पुरस्कार प्रदान गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्