Logo

नेपाल–भारत सम्बन्ध जहाँको त्यहीँ छ : प्रा.डा. लोकराज बराल (भिडिओसहित)



काठमाडौं, १४ साउन । वरिष्ठ कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले भारतलाई पनि नेपालमा हुने राजनीतिक परिवर्तन बुझ्न गार्हो भएको बताएका छन् । भारत सरकारले नेपालमा सरकार नयाँ बन्नेबित्तिकै नया प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइहालेको परम्परापनि उल्लेख गर्दै अहिलेपनि निम्तो नदिनुको कारण नेपालमा सरकार छिटो छिटो परिवर्तन भएर होला भन्ने बरालको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपालसँग अहिले नयाँ एजेण्डा केहीपनि नभएको बताए । उनले नेपाल–भारत सम्बन्ध अहिले कुन स्टेजमा छ भन्ने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फतपनि बधाई नदिएकोबाट पुष्टि हुने स्पष्ट पारे ।

उनले भारतको बजेट सार्वजनिक हुँदा भारतबाट अनुदान पाउनेमा पहिलो भुटान परेको र नेपाल भुटानपछिमात्रै परेको सुनाए । उनले नेपालसँगको सम्बन्धमा भारतले एकनाशको सहयोग गरेको बताए । उनले भारतसँग नेपालको सम्बन्ध ठीकै रहेको बताए ।

उनले भने,‘भारतसँगको हाम्रो सम्बन्ध राम्रो पनि छैन् । बिग्रिएको पनि छैन् । नेपाल र भारतको सम्बन्ध मूलभुत रुपमा जहाँको त्यहीँ छ । कुनै मलाई त्यस्तो उथलपुथल भएको छ जस्तो लाग्दैन् ।’ उनले नेपालले बीआरआई ऋणमा लिन नहुने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लिएको अडान उचित रहेको बताएका छन् । तर, चीनको बीआरआई अनुदानमा भने लिन उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्