Logo

आजपानिकट आम उद्योग बाणिज्य संघको १०१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मतिले चयन, अध्यक्षमा जयसवाल



काठमाडौं, १५ साउन । आम जनता पार्टीनिकट आम उद्योग बाणिज्य संघले साजनकुमार जयसवालको अध्यक्षमा १०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । गत साउन १२ गते पार्टी अध्यक्ष प्रभु साहको आतिथ्यतामा बसेको संघको बैठकले केन्द्रीय समिति चयन गर्दै अन्य विभिन्न निर्णय गरेको हो ।

संघको उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन र अमित कुमार साह रहेका छन् । त्यस्तै, पवनकुमार साह महासचिव, अमित सर्राफ सचिव, राम नारायण साहसहसचिव र सञ्जिव जयसवाल कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै, बैठकमा उद्योगी, व्यवसायीको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार गरी संघर्षको कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने, काठमाडौंमा कवाड र गार्मेन्टलगायतका खुद्रा व्यापारीमाथि भएको अनुचित दमन र गैरकानुनी हर्कतको भत्र्सना गर्दै राज्यले त्यसमा उचित क्षतिपूर्ति दिनुपर्ने धारणासहित न्याय प्राप्तिका लागि आन्दोलनमा ऐक्यैवद्धता जनाउने, आपसी सद्भाव, सहयोग र सहभागिता कायम राख्ने समेत निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्