Logo

माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै उनले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वान गरेका थिए ।

पदाधिकारी बैठकमा गजुरेलले छ बुँदे फरक मत राखेका थिए । उनले आफ्नो छ बुँदे फरक मतलाई पढेर नै सुनाएका थिए । सो क्रममा पदाधिकारीहरुले पार्टीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको बताउँदै नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामाको आह्वान गरेका थिए ।

‘पदाधिकारीहरुले नैतिक जिम्मेवारी लिएर सामूहिक राजीनामा दिउँ । अरु साथीहरु तयार हुनुहुन्न भने म चाहीँ राजीनामा दिनका लागि अध्यक्षसँग अनुमति माग्छु,’– गजुरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।



प्रतिक्रिया दिनुहोस्