Logo

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने



काठमाडौं, १६ साउन । यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

अनिवार्य अवकास हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले सिग्देललाई यही साउन २४ गते कमाण्ड हस्तान्तरण गर्ने तयारी भएको छ । शर्मा साउन २५ गतेबाट विदामा बस्ने भएका हुन् ।

त्यसअघि अघिल्लो दिन नै बलाधिकृत रथी सिग्देललाई कमाण्ड सुम्पिने उनको तयारी छ । अब सिग्देलले नेपाली सेनाको कमाण्ड आगामी तीन वर्षसम्म गर्नेछन् । file photo



प्रतिक्रिया दिनुहोस्