काठमाडौं, १६ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज त्रिपुरेश्वरस्थित् विभाग पुगेर राहदानी र कन्सुलर सेवा प्रवाहको अवस्थाको अवलोकन र अध्ययन गरेकी छिन् ।
दुवै सेवा नेपाली नागरिकको आवश्यकत्ता र परराष्ट्रले दिनुपर्ने महत्वपूर्ण एवं संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न र सेवाग्राहीलाई जतिसक्दो चाँडो र सहज रुपमा सेवा दिन विभागीय प्रमुखहरु र सबै कर्मचारीलाई निर्देशन दिएको उनको भनाई छ ।
सो क्रममा उनले आफूहरु काम गर्नको लागि सरकारमा आएको भन्दै कुनै स्टन्ट नगर्ने टिप्पणी गरिन् । कांग्रेस र एमाले दुई ठूला र पूराना राजनीतिक शक्ति भएकोले जनतामा देखिएको निराशा चिर्नेगरि काम गर्ने पनि उनको भनाई थियो ।