काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी पदाधिकारी बैठक बहिस्कार गरेको खुलासा भएको छ । माओवादीले गत शुक्रबारदेखि लगातार पदाधिकारी बैठक डाकेर छलफल गरेको भएपनि महरा उक्त बैठकमा सहभागी नभएको स्रोतले बतायो ।
‘महराजी बैठकमा आउनुभएन । पार्टीले उहाँलाई बैठकमा सहभागी हुन पटक–पटक आग्रह गर्यो । तर, उहाँले चासो देखाउनु भएन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा स्रोतले भन्यो ।