Logo

साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण लोकार्पण



काठमाडौं, १८ साउन । झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण भएको छ । काव्यघर नेपालको आयोजनामा साउन १७ गते साहित्य सदन नेपाल रामहिटी बौद्धमा भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण लोकार्पण गरिएको हो । प्रमुख अतिथि पूर्वकूलपति गंगाप्रसाद उप्रेतीसहित विशेष अतिथि र अतिथिहरुले सामूहिक रूपमा कृतिको लोकार्पण गरेका थिए ।

स्रष्टा भट्टराईले २०५७ सालमा लेखेको उक्त काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो । दोस्रो संस्करण कृतिको बारेमा प्रा.डा.देवी नेपाल र प्रा.सीता भट्टराईले धारणा राखेका थिए । उक्त कार्यक्रममा प्रा.जगतप्रसाद उपाध्याय,प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.रामप्रसाद ज्ञवाली र अर्जुन ‘बिरक्ती’ ले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि पूर्वकूलपति गंगाप्रसाद उप्रेतीले भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताए ।

कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई, अधिकारी विमला,गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना वाचन गरेका थिए । काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ,गंगा लिगल लगायत विशिष्ट साहित्यकारलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्