Logo

टीकाथलीमा विगेन नेपालको नयाँ शाखा उद्घाटन सम्पन्न



काठमाडौं, १९ साउन । ललितपुरको सानागाउँस्थित टीकाथलीमा विगेन नेपालले शाखा विस्तार गरेको छ । आज (शुक्रबार) महालक्ष्मी नगरपालिका– ५ का वडाअध्यक्ष कपिल केसीको प्रमुख अतिथ्यता र विगेन नेपालका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठको विशेष आतिथ्यतामा आज नयाँ शाखाको उद्घाटन गरिएको छ ।

कार्यक्रममा विगेन नेपालका प्रबन्ध निर्देशक ज्ञानु लामिछाने गिरी र बजार निर्देशक रोजबहादुर श्रेष्ठलगायत स्थानीय समाजसेवी, कलाकार तथा विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

समारोहमा, अतिथिहरूले थर्मल थेरापीको महत्व र यसले स्थानिय समुदायको स्वास्थ्यमा पु¥याउन सक्ने विषयमा जोड दिए । नयाँ शाखाको स्थापनाले स्थानीयहरूलाई विशेष गरि ज्येष्ठ नागरिकहरुलाई सहज रुपमा पहुँचयोग्य थर्मल थेरापीका सेवाहरू प्रदान गरि समग्र स्वास्थ्य कल्याण गर्दै उनीहरूको जीवनको गुणस्तर बढाउने अपेक्षा गरिएको छ ।

प्रमुख अतिथि वडा अध्यक्ष कपिल केसीले स्थानीय तहमा पनि सहज रुपमा प्रयोग गर्नका निमित्त यस प्रकारका थर्मल थेरापीका उपकरणहरु आवश्यक रहेको र उक्त कार्यको लागि आगामि कार्यपालिका बैठकमा प्रस्ताव राख्नेसमेत बताए ।

बरिष्ठ कलाकार शुशिल पोखरेलको समेत आतिथ्यता रहेको कार्यकममा बोल्दै आफुपनि लामो समयबाट नसा च्यापिएको समस्याबाट पिडित रहेको अवस्थामा विगेनको निरन्तर थर्मल थेरापीको प्रयोगबाट उक्त पिडाबाट राहत मिलेर दैनिक जीवनयापन सहज रहेको बताए ।

संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रममा बोल्दै विगेन नेपालको सेवाहरू सानागाउँ टिकाथलीमा ल्याउन पाउँदा हर्षित रहेको र कम्पनिको लक्ष्य भनेको थर्मल थेरापीलाई समुदायमा सबैका लागि पहुँचयोग्य बनाएर उहाँहरुलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्नु रहेको बताए । नयाँ शाखाको उद्घाटनले कम्पनिले आफ्नो सेवा र पहुँच बिस्तार गरि सम्पुर्ण जनमानसमा माया, खुशी र स्वास्थ्यको संचारलाई अगाडि बढाएको बताए ।



प्रतिक्रिया दिनुहोस्