Logo

काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न राखेप कभर्ड हलमा दर्शकको घुईंचो (तस्विरहरु)



काठमाडौं । काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो उक्त खेल हेर्न तथा फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उनको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले भने सेमिफाइनलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । नेपालले लिग चरणमा भारतमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । नेपाल घरेलु मैदानमा भारतलाई हराउँदै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ ।

तस्विरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्