Logo

आफ्नो नाम जोडेर खोलिएका फेक फेशबुक पेज हटाउन सुनिताको माग, साईबर ब्युरोलाई पत्राचार



काठमाडौं, ३० साउन । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका फेक फेशबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न माग गरेकी छिन् । उनले त्यसको लागि साइबर ब्यूरोलाई पत्राचार गरेकी हुन् ।

पछिल्लो समय मेयर बालेन्द्र शाह र उपमेयर डंगोललाई जोडेर अनर्गल भिडिओ बनाई पोष्ट गरेको पाएपछि डंगोलको सचिवालयले कारबाहीको लागि ताकेता गरेको हो । पछिल्लो समय साइबर ब्युरोमा फेक पेज बनाएर व्यक्तिको चरित्र हत्या गरिएका घट्नामा कारबाहीको लागि अत्यधिक उजुरी पर्ने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्