Logo

रक्षा बन्धन बाँधेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया : सबैको रक्षाको कामना गर्दछु



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा बन्धन बाँधेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले रक्षा बन्धन बाँधेको तस्विर साझा गरेका छन् । उनले कामकै बीचमा आफूले रक्षा बन्धन बाँधेको भन्दै सबैको रक्षाको कामना गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

येनबद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।’
कामकै बीचमा रक्षा बन्धन बाँधियो।
सबैको रक्षाको कामना गर्दछु ।



प्रतिक्रिया दिनुहोस्