Logo

फरार सांसद केसीले मुख्यमन्त्री आचार्यलाई दिए विश्वासको मत, प्रहरीले चिनेन



काठमाडौं, ४ साउन । नेपाल प्रहरीको फरार सूचीमा रहेका लु्म्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले मुख्यमन्त्री चेतनारायण आचार्यललाई विश्वासको मत दिएका छन् । फौजदारी मुद्दामा फरार सांसद केसी प्रदेश सभा बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको छैन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । प्रहरीको फरार सूचीमा रहेका सांसद केसी प्रदेश सभामा आउँदा र मतदान गर्दा प्रहरी भने मुकदर्शक बनेको छ ।



प्रतिक्रिया दिनुहोस्