काठमाडौं, १० भदौ । शाही युवा शक्ति, नेपालले अध्यक्ष पशुपति खड्काको चरित्र हत्या गरिएको भन्दै घोर भत्र्सना गरेको छ । शाही युवा शक्ति, नेपालले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘नियोजित र सुनियोजित रुपमा भएको यस्तो घट्नाप्रति शाही युवा शक्ति नेपालको गम्भीर ध्यानाकार्षण भएको छ ।’
गत साउन १ गतदेखि साउन ३२ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा भएको कोटी होममा शाही युवा शक्ति, नेपालले हिन्दूहरुको जागरण र हिन्दू अधिराज्यको लागि स्वयमसेवक उपस्थित् गराउने निर्णय गरेको भएपनि संगठनले कसैलाई पनि कामदारको रुपमा पैसा दिन्छौं भनेर नखटाएको अध्यक्ष खड्काको दाबी छ ।
तर, स्वयमसेवामा खटिएकाहरुमध्ये केही भिजिलान्ते निस्किएको (साधारण सदस्यसमेत नरहेकाहरु) नियोजित रुपमा आफूमाथि आर्थिक हिनामिनाको आधारहिन आरोप लगाएर चरित्रहत्या गर्न खोजेको भन्दै खेद प्रकट गरेका छन् । उनले उक्त घट्नाको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत नेपाल सरकारसमक्ष माग गरेका छन् ।