Logo

थारू समूदायले काठमाडौंमा अस्टिम्की पर्व धुमधामका साथ मनायो (फोटोफिचर)



दिनेश चौधरी–

काठमाडौं, ११ भदौ । थारू समुदायले काठमाडौंमा अस्टिम्की पर्व धुमधामका साथ मनाएको छ । सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा कृष्ण जन्माष्टमीको अवसरमा पश्चिमी थारु समुदायले अस्टिम्की पर्व धुमधामका साथ मनाएको हो ।

अग्रासन थारु महिला समुहलगायत विभिन्न थारु संघ/सस्थाहरुको आयोजना रहेको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नागरिक उड्यन तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा विभिन्न क्षेत्रका थारु बुद्धिजिवीहरुको पनि उपस्थिति रहेको थियो । यस पर्वमा थारु महिलाहरुले भितेचित्र बनाएर पुजा अर्चना गरी मनाउने गर्दै आएका छन् । आफ्नो परम्परागत थारु सांस्कृतिक पहिरनमा सजिएर नाचगान गर्दै ब्रत बसी यो पर्व मनाउने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्