Logo

रवि लामिछानेको सहकारी ठगीमा संलग्नता देखिएन भन्ने नै आएको छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । छानबिन समितिको प्रतिवेदन आएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो । आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले लामिछाने निर्दोष रहेको कुरा आफूले सरकारको नेतृत्व गर्दाताका भनेको स्मरण गराए ।

पत्रकार ऋषि धमलाले प्रचण्डलाई “तपाईं रास्वपासँग पनि सहकार्य गर्दै हुनुहुन्छ अरे, रवि लामिछानेलाई तपाईं क्लिनचिट दिँदै हुनुहुन्छ अरे ?” भनेर प्रश्न सोधेका थिए । जवाफमा प्रचण्डले भने-“मैले दिएर हुने हो र क्लिनचिट ? मैले प्रधानमन्त्री हुँदा रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नै छैन भनेर भनेको हुँ । अहिलेपनि देखिएको छैन भन्नेपनि त छ । सहकारी ठगीमा देखिएन । गोरखा मिडिया नेटवर्कमा अलिकति केही चिज छ भन्नेखालको न हो अहिले ल्याएको, सहकारी ठगीमा देखिएन भन्ने नै आएको छ ।”



प्रतिक्रिया दिनुहोस्