Logo

बालेन शाहले ननसेन्स र बक्तमिज कुरा गरेको एमाले कार्यवाहक अध्यक्ष इश्वर पोखरेलको आरोप



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन्द्र शाहबीच वाकयुद्धको जरुरी नभएको बताएका छन् । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘वाकयुद्धको जरुरत छैन् । बालेन बालेनको ठाउँमा छन् । केपी ओली केपी ओलीको ठाउँमा छन् । भनेपछि त्यो कुनै वाकयुद्धको कुरै होईन । ननसेन्स, गलत कुरा गरेको जुन छ, बक्तमिज कुरा गरेको हुन्छ, सिंहदरबारमा आगो लगाईदिन्छु भनेर फेशबुकमा लेख्छ यार, एउटा जननिर्वाचित प्रतिनिधि संस्थाको मान्छेले के बोल्ने, के नबोल्ने ? उदाहरण दिएको मैले, यसबीचमा पनि त्यो अनेकखालको स्टाटस आएको छ, तपाईं हेरिरहनुभएको छ । भनेपछि के गर्नुहुने र के गर्न नहुने भन्ने कुराको सेन्स नै नभएकोजस्तो देखिन्छ कि देखिँदैन् ?’

उनले मेयर बालेन शाहविरुद्ध प्रतिवाद गर्न नपुगेको औंल्याए । उनले लोकतन्त्रमा मर्यादाको सिमा हुने भन्दै त्यो भत्काउन खोजे त्यो आलोचना र दण्डको भागिदार हुने पनि चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्