Logo

बलात्कार मुद्दामा फसाईदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टर शाही निलम्बित, छानबिन समिति गठन



काठमाडौं । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप लागेपछि ललितपुरको भैसेपाटीमा कार्यरत नेपाल प्रहरीको प्रहरी निरीक्षक विनुकुमारी शाही निलम्बित भएकी छन् ।

उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्