Logo

पशुपतिनाथ मन्दिर परिसरमा तीजको रौनाक (फोटोफिचर)



काठमाडौं, २१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । मान्यता अनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

हरितालिका (तीज) पर्वको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागिरहेको छ । देशकै सबैभन्दा ठूलो शक्ति पीठ पशुपतिनाथमा पनि आजको दिनमा दर्शनार्थीहरुको घुईँचो रहेको छ । विहान सबेरैदेखि लाइनमा बसेर भक्तजनहरुले भगवान पशुपतिनाथको पुजा आरधना गरिरहेका छन् । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्