Logo

बाढी पीडित भेट्न बल्खु पुगे प्रचण्ड, आजै हनुमन्ते जाने (तस्विरहरु)



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपीडित क्षेत्रमा निस्केका छन् । लगातारको वर्षाका कारण आएको बाढी क्षेत्रमा मङ्गलबार दिउँसो निस्केका प्रचण्डले पीडितसँग अन्तर्क्रिया समेत गरेका छन् ।

प्रचण्ड मङ्गलबार दिउँसो ३ बजे कीर्तिपुरस्थित बल्खु पुगेका थिए । त्यहाँ पीडितहरूसँग अन्तर्क्रिया गरेका उनले आवश्यक पहल लिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यसपछि उनी भक्तपुरको हनुमन्ते जानेछन् ।

माओवादी केन्द्रले पार्टीका सबै तहलाई नागरिकका उद्धार तथा राहत वितरणमा खटिन निर्देशित गरिसकेको छ । यहीबीच प्रचण्ड पनि अवलोकनमा निस्केका हुन् ।



प्रतिक्रिया दिनुहोस्