Logo

म एमालेमा होईन अब माधवजीको पार्टीमा जाने सम्भावना छ : वामदेव गौतम (भिडिओसहित)



काठमाडौं, १६ असोज । राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू अब एमालेमा नजाने स्पष्ट पारेका छन् । तर, माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जाने भने सम्भावना रहेको उनले खुलाए ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता गौतमले आफू तत्कालै एकीकृत समाजवादी पार्टीमा जाने सम्भावना रहेको खुलासा गरे ।

उनले भने,‘मेरो माधवजीसँग सम्वाद जारी छ । उहाँको पार्टीमा जाने सम्भावना बढि छ । अरु धेरै कुराकानी गर्न बाँकी छ ।’ उनले आफूले पूरानै नेकपा व्युँताउन खोजेको पनि सुनाए । उनले समाजवादी मोर्चा बनाउनुपर्छ भनेर सुरुमा प्रस्ताव नै आफूले राखेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्