Logo

शेखर कोइरालाले आँट गरे तिहारलगत्तै प्रधानमन्त्री बन्ने सुनिल शर्माको ठोकुवा (भिडिओसहित)



काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा १ हजार गुणा राम्रो रहेको टिप्पणी गरेका छन् । उनले अहिले केपी ओलीको नेतृत्वमा सरकार गठन भएपनि प्रचण्डको कार्यकालमा भएकोजस्तो सुन तस्करी नभएको बताए ।

उनले भने,”एयरपोर्ट क्याप्चर गरेर सुन तस्करी गरेको स्थिति त रोकिएको छ । केही राम्रा काम त हुन खोजेका छन् । तर, अहिले यो ७, ८ दिनको पिरियड राम्रो छैन् । उनले कांग्रेस र एमालेको सत्ता गठबन्धन नै लामो जाने ठोकुवा गरे । तर, सरकारको प्रस्तुतिमा भने करेक्शनको आवश्यकत्ता रहेको उनले औंल्याए ।

उनले प्रधानमन्त्री ओलीको विकल्प अर्को तयार नभएको बताए । कांग्रेसमा शेखर कोइरालाले आँट गरेर दलको नेता बन्ने ठोकुवा गरे । शेखरले आँट गरे दलको नेता बन्दै तिहारलगत्तै उनकै नेतृत्वमा नयाँ सरकार बन्नेसम्म दाबी गरे । शेखर कोइरालाले अहिलेसम्म टिकट नबेचेको र पूराना पुस्ताका नेतृत्वको आस्थालाई निरन्तरता दिईरहेको भन्दै खुशी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्