Logo

सरकार तलमाथि हुँदैन, अहिले भएका नेतामा ओलीजी नै जनताको प्यारो हुनुहुन्छ : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, २३ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले कांग्रेस–एमाले सरकार तलमाथि नहुने दाबी गरेका छन् । उनले अहिले सरकार बनेको १०० दिनपनि नपुगेको उल्लेख गर्दै तत्काल यो सरकारको विकल्प नभएको दाबी गरेका हुन् ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार र गठबन्धन तोड्नको लागि केही शक्ति र मान्छेहरु लागेको हुनसक्ने आशंका सुनाए । उनले भने,‘कांग्रेस र एमालेको विकल्प अहिले कुनै दोस्रो वा तेस्रो शक्ति बन्न सक्दैन् । अहिले यो गठबन्धनको विकल्प छैन् ।’

उनले आफ्नो पार्टी अध्यक्ष एवम् प्रधानमत्री केपी शर्मा ओलीलाई दूरदर्शी नेताको संज्ञा दिए । त्यहीभएर कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गरेको उनको भनाई छ । उनले भने,‘अहिले भएका नेताहरुमध्ये ओलीजी नै जनताको प्यारो नेता हुनुहुन्छ । किनकी उहाँले त काम गरेरै देखाउनुपर्छ । उहाँले यसअघि उहाँले मोटामोटी साँढे ४ वर्ष, पाँच वर्ष सरकार चलाउनुभयो । उहाँले यसअघिको सरकारको नेतृत्वको पालामा विकासमा फड्को मार्नुभएको थियो ।’ उनले ओलीले सरकारको नेतृत्व गर्दा संसारको १० देशमध्ये नेपालपनि आर्थिक वृद्धि हाँसिल गर्ने देशमा एक परेको थियो भनेर दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्