Logo

धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि बालेनको आक्रोश: देश चलेको त यस्तै समितिबाट पो रहेछ !



काठमाडौं । गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन् ।

उनले अदालतको फैसला र पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार धर्मशाला संरक्षणका लागि गएको महानगरको टोलीलाई प्रहरीले अवरोध गरेको र उल्टै मारवाडी सेवा समितिलाई संरक्षण गरेको भन्दै आक्रोश पोखेका हुन् । यसबाट देश कसले चलाइरहेको छ भन्ने थाहा हुने बालेनको जिकिर छ ।

यस्तो छ उनले सामाजिक सञ्जालमा पोखेको आक्रोश

नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ ,अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।



प्रतिक्रिया दिनुहोस्