Logo

हत्यामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जना पक्राउ



काठमाडौं, ३० असोज । व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ । गत असोज २९ गते दिउँसो काठमाडौंको गोकर्णेश्वर–६ स्थित नयाँबस्ती लस लाईट स्कुल नजिक सार्वजनिक स्थानमा होम बहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए । उनलाई प्रहरीले उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा पठाईएकोमा दिउँसो साढे ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

सुर्खेत लेकबेशी– २ का फौजामगरका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचथर तुम्लिङ–५ का अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे–६ का भुवन श्रेष्ठ र ईलामको माई नगरपालिका–२ की बिमला भट्टराईलाई पक्राउ गरेको छ । उनीहरुले कुटपीट गरी, कर्त्यब्य गरी मारेको र वारदात पश्चात भागेको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्