Logo

छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी रसूर्यदर्शन सहकारीकी कर्मचारी लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जोशीलाई गत असोज ६ मा पक्राउ परेका थिए भने पछाईंलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको थियो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूको म्याद थपबारे यस्तो आदेश गरेको हो।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।

पछाईंमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।



प्रतिक्रिया दिनुहोस्