Logo

केपी ओलीकै ईगोको कारण यो सरकार लामो जाँदैन्, पूरानो गठबन्धन व्युँतिन्छ : मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रमुख सचेतक मेटमणि चौधरीले केपी शर्मा ओलीकै दम्भ, घमण्ड र इगोको कारण अहिलेको सरकार लामो नजाने ठोकुवा गरेका छन् । चौधरीले ओली नेतृत्वको वर्तमान सरकार चार महिनाभित्र ढल्छ भनेर आफूले यसअघि नै बोलिसकेको पनि स्मरण गराए ।

उनले भने,‘म ज्योतिष त होईन, तर केपी ओलीको जुन दम्भ, अहमता, घमण्ड, बदमासी छ, इगो छ, यो कारणले यिनको सरकार रहँदैन् ।’ आज विहान प्राइम टिभीको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले वर्तमान सरकार आफूहरु प्रतिपक्षमा भएका पार्टीहरुको कारणले भन्दापनि प्रधानमन्त्री ओलीमा भएको अवगुणको कारणले ढल्ने जिकिर गरे ।

केपी ओलीको अहिलेको सरकार ढले ०७९ को निर्वाचनको बेलाको पूरानो कांग्रेस–माओवादीसहितको गठबन्धन व्युँतिनसक्ने चौधरीको खुलासा छ । उनले अहिलेको कांग्रेस–एमालेको सहकार्य तोडिएपछि अब सरकार संविधानको धारा ७६ को ३ बमोजिम बनाउनुपर्ने सुझाए । सहकारी ठगी प्रकरणमा रवि लामिछानेभन्दापनि ठूलो ठगीमा संलग्न भएकाहरु अहिलेपनि साँढेजस्तो हिँडेको कुरा जनतालाई सह्य नभएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्