Logo

कमल थापाको दाबी : २०८४ को निर्वाचनमा कांग्रेस र एमालेको नराम्रोसँग पतन हुन्छ (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनको लागि आफू जीवनको उत्तरार्धसम्म क्रियाशिल रहने स्पष्ट पारेका छन् ।

उनले एमाले वा कांग्रेससँग आफ्नो सहकार्य नहुनेपनि स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले हिन्दूराष्ट्रसहितको राजसंस्था पूनस्र्थापनको लागि आफू सबै राष्ट्रवादी, हिन्दूवादी र राजावादी शक्तिहरुसँग सहकार्य गर्न आँतुर रहेको सुनाए ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि सहकार्यको लागि अब ढिला नगर्न भनेका छन् । उनले आफू राष्ट्रवादीहरुलाई एकतावद्ध बनाउने सवालमा जस्तोसुकै त्याग गर्नपनि तयार रहेको सुनाए । उनले राप्रपा नेपाल र राप्रपाबीच एकता भयो भने आफू अध्यक्ष पद त्यागेर राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्थापित गर्न तयार रहेको बताए ।

उनले अहिले जनताले कांग्रेस र एमालेको विकल्प खोजेको बताए । उनले भने,‘मलाई लाग्छ २०८४ सालको चुनावमा कांग्रेस र एमालेको नराम्रोसँग पतन हुन्छ । अब कुन शक्तिको उदय हुन्छ ? त्यो अहिले भन्न सकिँदैन् ।’



प्रतिक्रिया दिनुहोस्