Logo

भ्रष्टाचारी ठहर भएका कर्जन्हाका पूर्वमेयर पासवानसहित ५ जनालाई साढे २ वर्ष कैद, ४३ लाख २० हजारका दरले रकम पनि तिर्नुपर्ने



काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनालाई २ वर्ष ६ महिना कैद हुने गरी विशेष अदालतले जरिवाना तोकेको छ।

यसैगरी जनही २१ लाख ६० हजार रूपैयाँ बिगो र त्यति नै जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसला पनि विशेष अदालतले गरेको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व मेयर गंगा पासवान,प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

२०८० चैत १४ गते अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै मुद्दा दायर गरेको थियो । कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८र७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। तर, उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।

उक्त आदेशको अवज्ञा गर्दै मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । ०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्