काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ तथा सांसद विनिता कठायतले चिनियाँ सहयोग परियोजना अनुदानमा भएमात्रै आफ्नो दलको समर्थन रहने बताएका छन् । उनले कुनैपनि हालतमा बीआरआई ऋणमा स्विकार गर्न नसकिने टिप्पणी गरिन् । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भनिन्,‘चीनले ग्रान्ट दिन्छ भने वेलकम, ग्रान्ट हुँदैन भन्यो भने त्यसमा कांग्रेस र हाम्रो एउटै मत हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा अोलीले आफूले देखेको कुरामात्रै सही भन्ने विचार गलत भएको आरोप लगाईन् । उनले कम्युनिष्टहरु विकासको मामिलामा संकुचित भएको भन्दै आलोचना गरिन् ।
उनले भनिन्,‘अहिलेको प्रधानमन्त्रीजस्तो मान्छे मैले संसारमा कहीँपनि देखेका छैन् । उहाँमा अफूले देखेको पाटोमात्रै ठीक हो, अरु होईन भन्ने जुन उहाँको छ, त्यो एकदमै गलत हो । उहाँहरुजस्तो कम्युनिष्ट यो देशमा रहुञ्जेलसम्म यो देशले कहिल्यैपनि प्रगति गर्न सक्दैन् ।’