Logo

२० हजार घुससहित अख्तियारको फन्दामा परेका तहसिलदार र कम्प्यूटर अपरेटरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । २० हजार घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्यूटर अपरेटर विकाश पाण्डेयविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मिश्र र पाण्डेयविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा उनीहरु केही दिन अघि अख्तियारको फन्दामा परेका थिए । उनीहरुमाथि अनुसन्धान गर्दा मिश्र र पाण्डेयको आपसी मिलोमतोमा वेरितको वण्डा मुचुल्का बदर गरी पुन वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को क बमोजिमको कसुरमा विगो बीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को क बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्