काठमाडौं, २२ मंसिर । राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको हो कि भन्ने कुरा जनतामा पर्न थालेको टिप्पणी गरेका छन् । उनले भने,‘केश त कोर्टमा जाला, अहिले जुन तरिकाले रवि लामिछानेलाई घुमाईराखेको छ । त्यो देख्दाखेरि के भन्दाखेरि केश त कोर्टमा जाला, कोर्टले निर्णय गर्ला, तपाईं÷हामीले भन्ने कुरा होईन । पत्रपत्रिकामा त आफ्नै कुरा आएका छन् । जनताले आफ्नै राय बनाउलान् । जुन तरिकाले कहिले यहाँबाट उहाँ कुदाउने, राति एउटा जिल्लाबाट अर्को जिल्ला लैजाने काम भएको छ, यो देख्दाखेरि कता कता राजनीतिक प्रतिशोधले पनि काम गर्न थाल्यो कि भन्ने भावना जनतामा आउन थालेको छ है ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘जुन तरिकाले रातारात लैजाने, लुकाएर लैजाने यो के हो ? यो सबै देख्दाखेरि कता कता, यो केशको यथार्थता आफ्नै ठाउँमा होला, त्यसमा मलाई केही भन्नु छैन् । त्यसको यथार्थता न तपाईंलाई थाहा छ, न मलाई । अदालतमा गैसकेपछि यो निस्केला । तर, जुन तरिकाले यसलाई ह्याण्डल गरिएको छ । यो ह्याण्डल गर्दा कुनै प्रतिशोध राखेर ह्याण्डल गरेको हो कि भन्ने फिलिङ्स जनतामा आउन थालेको छ ।’ लामिछाने दोषी वा निर्दोष भन्ने फैसला अदालतले मात्रै गर्ने उनको भनाई छ ।