Logo

नगर प्रमुख यादवको सक्रियताले व्यवस्थित बन्यो प्रसिद्ध गढीमाई मेला



काठमाडौं । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला जारी छ । सो मेला अन्तर्गत आज पशु बलि दिइएको छ । आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको घुईंचो लागेको छ ।

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने भन्दै उनी दर्शनार्थीहरु महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आउने गरेका छन् । गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ ।

महागढीमाईको मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् । श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति रहेको महागढीमाइ नगरपालिकाले जनाएको छ । मेलालाई व्यवस्थित र चुस्त बनाउनका लागि महागढीमाई नगरपालिकाका मेयरमा उपेन्द्रप्रसाद यादवले निक्कै सक्रियताकासाथ काम गरिरहेका छन् ।

मेयर यादवको कुशल कमाण्डले दर्शनका लागि गढीमाई आउने भक्तजनले सहजता महसुस गरिरहेको एक दर्शनार्थीले बताए । ‘अघिल्लो वर्ष भन्दा यसपटक गढीमाईको वातावरण व्यवस्थित बनेको पाएका छौं । सुरक्षा व्यवस्था पनि निक्कै चुस्त देखिन्छ । स्थानीय सरकारको उपस्थिति निक्कै गर्विलो देखिन्छ । नगरपालिकाले भक्तजनको हितलाई केन्द्रमा राखेर काम गरेको महसुस गरेका छौं’ मेलामा उपस्थित एक भक्तजनले भने ।

आफ्नो नगरभित्र लागेको मेलालाई सभ्य,भव्य र चुस्तदुरुस्त बनाउनका लागि मेयर यादवले आफ्नो सम्पूर्ण शक्ति लगाएका छन् । सुरक्षका हिसावले सो मेला निक्कै संवेदनशील मानिन्छ । तर, मेयर यादवको सक्रियतापूर्ण भूमिकाको कारण हालसम्म कुनै पनि अप्रिय घटना भएका छैनन् । यादवले सो मेलालाई व्यवस्थित बनाउका लागि सुरक्षा निकायसँग सहकार्य गर्दै आएका छन् ।

मेलामा उपस्थित भक्तजनको हितलाई ध्यानमा राख्दै नगरपालिकाले काम गरिरहेको छ । यादवले मेला व्यवस्थित बनाउन संघीय र प्रदेश सरकारसँग पनि समन्व गरिरहेका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखलाई गढीमाईको दर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् । गढीमाईको दर्शन गर्न पुगेका सिंह र लेखकले यादवको सक्रियतापूर्ण कदमको खुलेरै प्रशंसा गरेका थिए ।

मेलामा पुगेका गृहमन्त्री लेखकले संघीय सरकारको तर्फबाट गर्नपर्ने सहयोग गर्न तयार रहेको र सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छ्न । लेखक र सिंहलाई गढीमाईको दर्शन गराउन मेयर यादवले भूमिका खेलेको स्रोतले जनाएको छ । गढीमाईमा दिईने पशु बलिको बारेमा विरोध भइरहँदा यसलाई समाधान गर्न र समन्वय गर्नमा पनि यादवले भूमिका खेलेका छन् । केही पशु अधिकारकर्मीहरुले पशुबली रोक्नुपर्ने पक्षमा आवाज उठाइरहेका छन् । तर, यादवले भने धार्मिक मान्यतासँग जोडिएको विषय भन्दै दुवै पक्षमा समन्वय गर्ने काम गरेका छन् ।

मेयर यादव गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । कांग्रेसको तर्फबाट निर्वाचित भएपनि उनले अन्य पार्टीसँग पनि राम्रो समन्वय र सहकार्य गर्दै आइरहेका छन् । कांग्रेसबाट निर्वाचित भएपनि यादवको सम्बन्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि उत्तिकै सौहार्दपूर्ण रहेको बताइन्छ । बारा उपेन्द्र यादवको गृह जिल्ला पनि भएकाले उनीसँग समन्वय र सहकार्य गर्दै मेयर यादव अघि बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्