Logo

गगन थापा गृहमन्त्री र आरजु राणा प्रधानमन्त्री हुने योग छ : ज्योतिष पुष्कर खतिवडा (भिडिओसहित)



काठमाडौं, ३ पुष । ज्योतिष पुष्कर खतिवडाले अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कुण्डली अत्यन्तै मजबुद बनरिाखेको खुलासा गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले गगन थापाको कुण्डली आफूले हेरेको सुनाउँदै यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘अहिलेको अवस्थामा गगन थापाको कुण्डली हेर्दै गर्दाखेरि कांग्रेसको तर्फबाट कांग्रेसका जुन हामीले एउटा प्रश्न कुण्डली तयार पारेर हेरेका थियौं । त्यसको माध्यमबाट हेर्ने हो भने गगन थापाको कुण्डली अत्यन्तै मजबुद बनिराखेको छ, कुनैपनि प्रकारको उच्चपदस्थ स्थानमा उहाँको शपथग्रहण हुनसक्ने योग निर्माण भैरहेको अवस्था छ । कुनैपनि प्रकारको उच्च पदमा, चाहे त्यो गृहमन्त्री हुनसक्छ, चाहे त्यो…प्रधानमन्त्री नै त अहिले म भन्न सक्दिनँ । तर, गृहमन्त्रीसम्मका पदमा । यसलाई भविष्यवाणी नभन्नु न, मैले सामान्य रुपमा विश्लेषण गर्दैछु । कुण्डलीको विश्लेषण गर्दैछु । उहाँको सम्भावना छ । तर, कुण्डलीमा के हुन्छ भने यदि गगन थापाको कुण्डलीलाई टक्क दिनसक्ने मान्छे अर्को कोही आयो भने त्यतिवेला त म फेल हुन्छु ।’

सो क्रममा पत्रकार धमलाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कुण्डली सोध्दा खतिवडाले राणाको कुण्डली बडो मजबुद रहेको खुलाए । उनले भने,‘उहाँको बडो मजबुद कुण्डली छ, मैले उहाँको जन्मकुण्डली हेर्याछु । म उहाँको नजिकको नातेदारसँग नजिक छु । उहाँको कुण्डली अत्यन्तै मजबुद बनिराखेको छ । अहिलेको अवस्थामा त्रिकोण भावमा गजकेशरी योग बनिराखेको छ । मूल त्रिकोण भावमा । केन्द्रमा ग्रहहरु मजबुद बनिराखेको छ । महालव्य योग बनिराखेको छ । जसको कारणले गर्दा स्वयमको श्रीमान शेरबहादुर देउवालाई पनि टक्कर दिएर उहाँलाई पछाडि राखेर उहाँभन्दा पनि अगाडि आउने योग आरजु राणा देउवाको बनिराखेको छ । अबको प्रधानमन्त्री शेरबहादुर देउवा नभएर आरजु देउवा बन्नेपनि सम्भावना छ । आरजु देउवा प्रधानमन्त्री बन्ने कुण्डलीमा योग छ । तर, म यसलाई यही हो मेरो ठोकुवा । भविष्यवाणी भन्दिनँ ।”



प्रतिक्रिया दिनुहोस्