Logo

महोत्तरीमा डाँका समूहद्धारा पूर्वगाविस सचिव झाको हत्या



काठमाडौं । महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।

आज बिहान ४ बजेको समयमा आएका ७-८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्या गरिएका झा पूर्व गाविस सचिव समेत हुन् ।

डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्