Logo

नेसपा (नयाँ शक्ति) निकट प्रगतिशील नेपाली समाज भारत, कर्नाटका अध्यक्षमा नागर्जी



काठमाडौं, ८ पुष । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) निकट प्रगतिशील नेपाली समाज भारतको कर्नाटका राज्य सम्मेलन बैंगलुरूमा सम्पन्न भएको छ। सम्मेलनले प्रत्यक्ष निर्वाचनबाट सुरेन्द्र नागर्जीको अध्यक्षतामा कर्नाटका राज्य समिति गठन गरेको पार्टी अध्यक्ष भट्टराईले जानकाी दिएका छन् ।

उनले कमिटीका सबैलाई बधाइ तथा सफलताको शुभकामना समेत दिएका छन् । पछिल्लो समय भट्टराई पार्टीको संगठन विस्तारमा आक्रामक रुपमा प्रस्तुभ एका छन् । भट्टराई भने यतिवेला मधेश यात्राको क्रममा छन् । उनी सिराहा र धनुषामा राजनीतिक भेटघाटमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्