काठमाडौं । घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुससहित पक्राउ परेका बुढाथोकीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।