Logo

मिटरब्याजीको आरोपमा बस्नेत दम्पत्तिको नाक काट्ने नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ



काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ सेक्रेटरी अमर खड्का (नवीन) पक्राउ परेका छन् ।

खड्का बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीमाथि मिटरब्याजीको आरोपमा एक दम्पत्तिको नाक काटेको र नेकपा एमाले दाङका सल्लाहकारलाई कालो मोसो दलेको आरोप छ ।

पक्राउ परेका खड्काले गत मंसिर ६ गते दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटिदिएका थिए । नाक काटेपछि विज्ञप्ति निकालेर उनले घटनाको जिम्मा लिएका थिए । खड्काले दाङ एमालेका नेता दुर्गा पन्थीलगायतमाथि कालोमोसो दलेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ ।

खड्कालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ। उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ।

(तस्बिर खड्काको फेसबुक)



प्रतिक्रिया दिनुहोस्