Logo

कांग्रेसको भागमा परेको पूरै अवधिको मुख्यमन्त्री म हुँः बहादुर सिंह लामा (भिडिओसहित)



काठमाडौं, २५ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसको भागमा परेको पूरै अवधि आफू मुख्यमन्त्री हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आगामी १८ महिना आफैं मुख्यमन्त्री रहने बताएका हुन् । मुख्यमन्त्री लामाले पार्टी सभापतिा शेरबहादुर देउवाबीच कुनै खटपट नरहेको उनले बताए । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले मुख्यमन्त्रीको दाबी गरिरहेको बेलामा नेता लामाले पूरै अवधि आफैं मुख्यमन्त्री बन्ने बताएका हुन् ।

‘हाम्रो नेता प्रजातन्त्रप्रति विश्वास गर्ने, निर्वाचन प्रक्रियालाई मान्ने, निर्वाचन मैले हारेको भए मैले माग्ने कुरा हुँदैन । हामी प्रजातन्त्रवादी, लोकतन्त्रवादी हो । निर्वाचन महत्वपूर्ण कुरा हो,’– उनले भने ।

साथै, उनले आफूले तलबभत्ताबाट पाएको पैसा अहिले पनि विद्यालयका विद्यार्थीहरुलाई ड्रेसमा खर्च गरिरहेको बताए । उनले आगामी दिनमा पनि आफूले तलबभत्ताबाट पाएको पैसा जनताकै लागि खर्च गर्ने बताए । ‘तलबको पैसा जम्मा गरेर मैले स्कूल स्कूलमा पुयाएको छु । ड्रेस सिलाइदिएको छु । कोही विरामी आउँछ, उसलाई दिनुपर्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्