Logo

मानवअधिकार एलाइन्स धादिङले पायो पहिलो पटक महिला नेतृत्व, अध्यक्षमा गीता खनाल निर्वाचित



काठमाडौं । पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्वाचित गर्दै मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अधिवेसन धादिङबेसीमा सम्पन्न भएको छ ।

चौथो जिल्ला अधिवेशनले अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाललाई सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित खनाल बिगत लामो समयदेखी मानवधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल छिन् ।

अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, विमला गिरी, सचिवमा जिवन सिलवाल, कोषाध्यक्षमा कविता यस्माली मगर निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडा निर्वाचित भएका छन् ।

अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्तव्य दिँदै खतिवडाले समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनलाई नेकपा एमाले बागमति प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमति प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुभकामना व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्