काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई मुद्दा हालेर भाइरल भएका युवराज पौडेल उर्फ युवराज सफल अब मोडल बन्ने भएका छन् । उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।
‘म त ज्यूँदै मरेकी छु’ बोलको विरही गीतमा युवराज सफलले मोडलिङ गरेका हुन् । उनलाई अभिनेत्री नम्रता सापकोटाले साथ दिएकी छन् । श्रीमानबाट धोका पाएकी पत्नीको भूमिकामा नम्रता छिन् भने युवराज सफल उनलाई सहारा र सान्त्वना दिइरहेका देखिन्छन् ।
अनुपजंग थापा नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सफलको अभिनयलाई लिएर ट्रोलको वर्षा गरिएको छ । सार्वजनिक भएको २४ घण्टामा पुगनपुग २८ सय भ्युज पाएको गीतमा ८० जना भन्दा धेरैले कमेन्ट गरेका छन् । अधिकांशले युवराज सफललाई व्यंग्य गरेका छन् ।
युट्युबमा लाकेश श्रेष्ठ नाममा प्रयोगकर्ताले उनलाई कलौटेको संज्ञा दिएका छन् ‘यो कलौटे को अनुहार के हेर्नू । आलु जस्तो गीत!’ उनले खेलेका छन् । त्यस्तै केशव बोहरा लेख्छन् युवराज सफल भन्दा मलाई लाज लाग्यो यार । यस्ताको नाम त असफल हुनु पर्ने । म्युजिक भिडियो कहाँबाट सफल होला’ । अर्का एक युट्युब प्रयोगकर्ताले लेखेका छन् अनावश्यक मुद्दा हालेर खाने दिन सकिएपछि । रातो बँदेलले नपाली साङ्गितिक क्षेत्रलाई पनौती लागाइदियो!’।
केहीले भने सफललाई मोडल भन्दा अरुले सुहाउने भन्दै व्यंग्य गरेका छन् । एक जनाले भनेका छन् ‘मोडेल भन्दा पनि रातो बँदेल जस्तो देखिन्छ! ’ । ‘युवराज सफल लाई खेलाउनु नै दुर्भाग्य हो । भ्युज नजानुको मुख्य कारण नै युवराज हो’अर्का एक दर्शकले भनेका छन्।