गण्डकी, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेको छ ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गरेको हो । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे । रासस