काठमाडौं । पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको पुस्तक ‘जङ्गबहादुर इन इङ्गल्याण्ड’ बजारमा आएको छ ।
मण्डिखाटारको गेट कलेजमा सार्वजनिक भएको सो पुस्तक इतिहास विषयमा प्राध्यापक त्रिरत्न मानन्धर, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कुन्द दीक्षित, इतिहास अध्येता यादव देवकोटा, लेखकका पिता बक्तबहादुर बुढाथोकीलगायतले विमोचन गरेका हुन् ।
कमलमणि दीक्षितले जङ्गबहादुर राणाको बारेमा चार पुस्तक लेखेको भन्दै स्रष्टा बुढाथोकीले फरक÷फरक पाटोबाट अध्ययन गर्ने क्रममा तयार गरेको र पुस ४ मा बेलायत पुगेको एक सय ७५ वर्ष पुगेको अवसर भएकाले यसै साता किताब सार्वजनिक गरेको बताए ।
राणाकालको आर्थिक मुद्दा खोल्ने क्रममा पुस्तक तयार भएको उनले बताए । आफूले झन्डै एक दर्जन पुस्तक पढेको आधारमा जङ्गबहादुरको रोचक सूचना पाएको उनको कथन छ ।
उनले तथ्य केलाउँदाको अनुभव सुनाउँदै भने– ‘हाम्रोमा इतिहास चैँ मिति सही राखेर फिक्सन लेखिने रहेछ ।’ नेपाली अर्थतन्त्रका जानकार बुढाथोकी पत्रकार महासंघको यसअघिको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए ।