Logo

३८ लाख ठगीको आरोप लागेका ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश



काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङले पोखरेलसँग धरौटी मागेका हुन् । गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए ।

पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो । ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो ।

अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्