Logo

रविको मुद्दामा जाहेरवालाको तर्फबाट बहस सकियो, आजै आउला आदेश ?



काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी पीडितको तर्फबाट बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासमा सहकारी पीडितको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

जाहेरवालको तर्फबाट बहस सकिएसँगै खाजा ब्रेक भएको छ । खाजा समयपछि रवि लामिछानेको तर्फबाट बहस हुनेछ । रविको तर्फबाट सुरूमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले गर्ने तयारी गरिरहेका छन्। सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा बहस भइरहेको छ । बिहीबार बहस नकिएपछि उनलाई परिवारको जिम्मा लगाईएको थियो ।

रवि लामिछाने पक्षका वकिलहरूले बहस सकाएपछि फेरि जवाफी बहस हुनेछ। जसमा सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले बहस गर्नेछन्। त्यसपछि मात्रै न्यायाधीशले थुनछेक आदेश दिन्छन्। 

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।



प्रतिक्रिया दिनुहोस्