Logo

तंग्रिए प्रधानमन्त्री ओली, आज एकै दिन तीन कार्यक्रममा सहभागी हुने



काठमाडौं । चिसोका कारण स्वर भासिएपछि तीन चार दिनदेखि आराम गरिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तंग्रिएका छन् । उनी आजै एकैदिन तीन वटा कार्यक्रममा सामेल हुँदैछन ।

प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।

त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

बिरामी परेपछि ओली आफ्नो ड्रिम प्रोजेक्टको रुपमा मानिएका सिद्धबाबा सुरुङमार्गको ब्रेक थेमा समेत जान सकेका थिएनन् ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङमार्ग छिचोल्ने र पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे खण्ड स्तरोन्नतीको शिलान्यास गर्न माघ ११ गते प्रधानमन्त्री ओली जाने भनिए पनि अस्वस्थताका कारण गएका थिएनन् । यी दुवै कार्यक्रममा उनी भर्चुअल रुपमा मात्र सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्