Logo

लामिछानेलाई ओलीले दिए ‘झिल्के’ को संज्ञा



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘झिल्के’ को संज्ञा दिएका छन् । आज (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केही झिल्के र अनेकथरी अराजक गतिविधि गर्ने तत्वहरु सल्बलाएपछि कांग्रेस–एमालेको सरकार बनाउनु परेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल नै रहन्छ कि रहँदैन भन्ने अवस्था आएपछि दुई ठूला दल मिलेर सरकार बनाएको बताए । ‘अहिले दुईवटा प्रतिस्पर्धी भनिएका पार्टीहरु किन मिलेर जानुपर्यो ? यस कारण कि देश साँच्चै अप्ठ्यारोमा पर्यो । देश नै रहन्छ कि रहँदैन ? प्रणाली नै रहन्छ कि रहँदैन ? यस्तो खालको स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरी तत्वहरु, यो देश त तमासा जस्तो भयो । यताबाट फुत्त निस्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ । के–क भन्छ, उफ्रिन्छ, मिडियाबाजी गर्छ, अनेक गर्छ, हो न हो पार्छ, अर्को उताबाट निस्किन्छ, त्यसै गर्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्